कोशी प्रदेश

प्रदेश नं १ मा ४८३ जनामा कोरोना सङ्क्रमण

विराटनगर। पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४८३ जनामा कोरोना सङ्क्रमण भएको छ । सातसय ७९ को पीसीआर परीक्षण गर्दा २७२ मा र एक हजार १०३ को एन्टिजेन परीक्षण गर्दा २११ को रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सुनसरीमा १२०, मोरङमा ७५ झापामा ४०, पाँचथरमा २१, इलाम र उदयपुरमा चार/चार, सङ्खुवासभामा दुई, धनकुटा, भोजपुर र खोटाङमा एक/एक र प्रदेश बाहिरका दुई जनामा सङ्क्रमण देखिएको थियो । आज ४९७ जना कोरोना सङ्क्रमणमुक्त भएकामा २४३ महिला र २५४ पुरुष छन् । यस अबधिमा सङ्क्रमणबाट चार महिलासहित सातको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *