काठमाडौं । जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय समिति बैठकमा अध्यक्ष उपेन्द्र यादवले ६१ बुँदे राजनीतिक प्रस्ताव पेस गरेका छन् ।
यादवले ललितपुरको सानागाउँमा जारी बैठकमा संघीयता कार्यान्वयनका निम्ति प्रदेश सरकारमा मन्त्रालयको संख्या घटाउनुपर्ने, प्रदेश मामिलासम्बन्धी विषय प्रदेश सरकारलाई नै जिम्मेवारी दिनुपर्ने प्रस्ताव गरेका छन् । फजुल खर्च कटौती गर्नुपर्नेमा उनकोे जोड रहेको छ । विगतका भ्रष्टाचार, अनियमितता र अधिकारको दुरुपयोगजस्ता विषयमा निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नु उनले प्रस्ताव राखेका छन् ।
मधेस आन्दोलनका बेला सरकार र मधेशी जनअधिकार फोरम, नेपालबीच गरिएको २२ बुँदे सम्झौता, सरकार र संयुक्त मधेशी मोर्चाबीचको आठबुँदे सम्झौताका कार्यान्वयन गर्न बाँकी विषयमा सरकारको ध्यानाकर्षण पनि उनले गरेका छन् । जसपा, नेपालको केन्द्रीय समिति बैठक यही साउन ३० गतेसम्म बस्नेछ ।
उपेन्द्र यादवको राजनीतिक प्रस्तावको पूर्णपाठ :




