राजनीति

माओवादीबाट संसदीय समितिको सभापतिको दौडमा माधव सापकोटा र विमला सुवेदी

काठमाडौं । माओवादी केन्द्रले भोली हुने संसदीय सभापतिको उमेदवार छनोट गरेको छ । अन्य दलहरुले समितिको सभापतिको उमेदवारी चयन गरिरहेको बेलामा माओवादी केन्द्रले पनि संसदीय समतितिको सभापतिका लागि उमेदवार चयन गरेको हो ।

माओवादीकेन्द्रले सभापतिको दौडका लागि माधव सापकोटा र विमला सुवेदीलाई सभापतिमा चयन गरेको हो । ‘मिनी पार्लियामेन्ट’को रूपमा रहेको संसदको १० वटा विषयगत समितिमध्ये २ वटामा दलहरुको समतिका आधारमा उनीहरुलाई उमेदावारीमा चयन गरेको हो ।

माओवादी केन्द्रले पूर्वाधार विकास र कानुन, न्याय तथा मानवअधिकार समिति पाएपछि सिन्धुपाल्चोक–१ बाट निर्वाचित सांसद माधव सापकोटालाई पूर्वाधार विकास समितिको सभापति बनाउने भएको छ भने कानुन, न्याय तथा मानवअधिकार समितिको सभापति नुवाकोटकी बिमला सुवेदीलाई बनाउने निर्णय माओवादी केन्द्रले गरेको छ । सभापतिको लागि मनोनयन दर्ताका लागि बहान ११ बजेदेखि दिउँसो ४ बजे समय निर्धारण गरिएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *