राजनीति

मतदाता नामावलीमा नाम दर्ता गर्न महामन्त्री थापाको अपील

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मतदाता नामावलीमा नाम दर्ता गर्न आह्वान गरेका छन् ।

निर्वाचन आयोगले आगामी चुनावका लागि असार एक गतेदेखि मतदाता नामावली संकलनको काम शुरु गरेका बेला महामन्त्री थापाले सबैलाई सहभागी हुन आह्वान गरेका हुन् ।

उनले चुनावमा मनपरेको उम्मेदवारलाई मतदान गर्नका लागि मतदाता नामावलीमा नाम अनिवार्य हुने भन्दै उमेर पुगेका सबैले नाम दर्ता गर्न सुझाव समेत दिएका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *