काठमाडौं । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले एमालेले कुनै पनि पार्टीका नेतालाई प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेका छन् ।
सचिवालय बैठकपछि सञ्चारकर्मीहरुलाई प्रतिक्रिया दिदै उनले कसैलाई पनि प्रधानमन्त्रीको अफर नगरेको दाबी गरेका हुन् ।
प्रधानमन्त्री अफर गर्ने मुडमा एमाले नरहेको भन्दै उनले भने,‘नेकपा एमालेले अहिले कसैलाई प्रधानमन्त्री अफर गर्ने मूडमा छैन । अफर गर्न चाहँदैन र अफर गर्नु आवश्यक ठान्दैन ।’




