राजनीति

काँग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन

काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता तथा स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार समितिका संयोजक डाक्टर प्रकाशशरण महतले केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति गठन गरेका छन् ।

काँग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय प्रचार–प्रसार समितिको मंगलबार बसेको बैठकको निर्णय अनुसार समितिका संयोजक महतले पार्टीका केन्द्रीय सदस्य गोविन्द भट्टराईको संयोजकत्वमा ‘नेपाली काँग्रेस केन्द्रीय युवा प्रचार नेटवर्क उपसमिति’ गठन गरेका हुन् ।

डाक्टर महतले उपसमितिमा १९६ जना सदस्य मनोनित गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *