काठमाडौं । मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादीले आगामी स्थानीय तहको चुनाव बहिष्कार गर्ने भएको छ ।
फागुन २५ गतेदेखि २९ गतेसम्म बसेको पार्टीको केन्द्रीय समिति बैठकले चुनाव बहिस्कार गर्ने निर्णय गरेको हो ।
पार्टीले दुई महिने बहिष्कार अभियान चलाउने घोषणा पनि गरेको छ । एमसीसी अनुमोदन गरिएकोमा विरोध गर्दै पार्टीले यसको खारेजीका लागि निरन्तर संघर्ष गर्ने पनि जनाएको छ ।




