मुख्य समाचार

प्रचण्डलाई वैद्यको सुझावः एमसीसी राष्ट्रघाती छ,पास नगर्नुस्

काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ बीच एमसीसीबारे छलफल भएको छ । ‘प्रचण्ड’ निवास खुमलटारमा मंगलबार बिहान भएको छलफलमा महासचिव वैद्यले एमसीसी सम्झौताका राष्ट्रघाती बुँदा संशोधन नगरी संसदमा टेबल गरेकोमा जिज्ञासा राखेका थिए । जवाफमा अध्यक्ष प्रचण्डले गठबन्धनमा सहमति भएर नै एमसीसी टेबल गरेको बताएका थिए।

‘एमसीसी र त्यससँग जोडिएका विषयमा कुराकानी भयो । उहाँ (प्रचण्ड) ले गठबन्धनमा सहमति भएर नै टेबल गरेको तर मतदान गर्नुपरेको अवस्थामा विपक्षमा मतदान गर्छौ भन्नुभयो’, प्रचण्डसँगको भेटपछि महासचिव वैद्यले संचारकर्मीसँग भने, ‘ यो राष्ट्रघाती छ पास गर्नुभयो भने राम्रो हुदैन भनेर मैले भनेँ ।’

त्यस्तै महासचिव वैद्यले प्रचण्डसँगको भेटवार्तामा एमसीसीको विरोधमा भएको प्रदर्शनमा समातिएका आफ्ना पार्टीका कार्यकर्तालाई विना शर्त छोड्न पहल गर्न सुझाव दिएका थिए। नेकपा (क्रान्तिकारी माओवादी) बसन्त बोगटी, सुनिता बुढाथोकी लगायतका कार्यकर्ता प्रहरीले नियन्त्रणमा लिएर मुद्दा चलाउने प्रयास गरिरहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *