राजनीति

स्वास्थ्यमन्त्रीले कोभिड निर्देशिकामा गम्भीर अपराध गर्नुभयोः योगेश भट्टराई

काठमाडौं । एमाले सचिव तथा स्वास्थ्य तथा जनसंख्या विभाग प्रमुख योगेश भट्टराईले कोरोना विरुद्धको खोप सरकारले चलखेल गरेको बताएका छन् ।

कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि अनुदानबाट प्राप्त र खरिद गरेका खोपहरुमध्ये २४ लाख खोप हराएको तथ्य ढाकछोप गर्ने प्रयासमा वर्तमान सरकार नै लागि परेको बताएका छन् ।

नेता भट्टराईले मंगलबार विज्ञप्ति जारी गर्दै स्वास्थ्यमन्त्री विरोध खतिवडाले हालै ‘खोपहरु नहराएको’ दावी गर्दै तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारका बेलामा आफू स्वयम्ले कोभिडविरुद्धको पहिलो खोप पाँच हजार रुपैयाँमा ‘किनेर लगाएको’ भनी दिएको अभिव्यक्ति झुठो रहेको भन्दै खण्डन गरेका छन् ।

‘‘खोप किनेर लगाएको’ भन्ने स्वास्थ्यमन्त्री खतिवडाको उक्त भनाइ सरासर झुटो र अफवाहपूर्ण छ’, भट्टराईले भनेका छन्, ‘सिभिल अस्पताल, बानेश्वरमा उहाँले पहिलो मात्रा खोप २०७७ फागुन १९ गते लगाएको अभिलेख सुरक्षित छ ।’

तत्कालीन सरकारले ०७७ फागुन १९ देखि २१ सम्म संघीय संसद्का सदस्यहरुलाई सिभिल अस्पतालमा निःशुल्क खोप उपलब्ध गराएको बेला सिभिल अस्पतालको रजिष्टर ‘ख’ मा क्र.सं. ४८ मा दर्ता गरेर खोप लगाउनुका साथै खतिवडाले हस्ताक्षरसमेत गरेको भट्टराईले दावी गरेका छन् ।

उनले खतिवडाले त्यसवेला सिभिल अस्पतालमा लगाएको कोभिडसिल्ड खोपको नम्बर सहित रहेको तथ्य रहँदारहदै पूर्ववर्ती सरकारलाई बद्नाम गर्न र जनसमुदायलाई गलत सूचना दिई कोभिडजस्तो संवेदनशील विषयमा अफवाह सिर्जना गरेको बताएका छन् । लक्षित वर्गले निःशुल्क खोप प्राप्त गर्ने खोप ऐन, २०७२ र खोप नियमावली, २०७४ को सामान्य ख्यालसमेत नगरी स्वास्थ्य मन्त्रालयको जिम्मेवारी सम्हालेका मन्त्रीबाट यस्तो गैरजिम्मेवार अभिव्यक्ति आउनु निन्दनीय र आपत्तिजनक भएको समेत बताएका छन् ।

कोभिड–१९ सम्बन्धी विभिन्न समयमा सरकारले जारी गरेका निर्देशिकाहरुले खोपको कालोबजारी, बिक्री–वितरण र दुरुपयोग गर्नुलाई गम्भीर अपराधका रुपमा उल्लेख गरेको छ । ‘मन्त्री खतिवडाले खोप ऐन र कोभिड निर्देशिकामा उल्लेख भएका प्रावधानविपरीत गम्भीर अपराध गर्नुका साथै गलत सूचना सम्प्रेषण गर्ने र अफवाह सिर्जना गर्ने काम गरेर कोरोना जस्तो संवेदनशील विषयमा अत्यन्तै गैरजिम्मेवार व्यवहार प्रदर्शन गर्नुभएको छ’, भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।

आमजनता कोभिड–१९ बाट आक्रान्त भइरहेको बेलामा मन्त्रीले दिएको अभिव्यक्तिको निन्दा र भत्र्सना गरेका भट्टराईले झुट बोल्ने व्यक्ति नैतिक रुपमा मन्त्री पदमा बसिरहन अनुचित हुने भएकाले तत्काल राजीनामा गर्न पार्टीका तर्फबाट माग समेत गरेका छन् ।

[pdfjs-viewer attachment_id=194798 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/02/Press-Bigyapti-2078-Fagun-3.pdf viewer_width=0 viewer_height=800 url=https://sankalpakhabar.com/wp-content/uploads/2022/02/Press-Bigyapti-2078-Fagun-3.pdf download=true print=true fullscreen=false fullscreen_target=false fullscreen_text=”on” zoom=0 ]

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *