राजनीति

कांग्रेस कार्यसम्पादन समितिको बैठक सुरु, निर्वाचन रणनीतिको विषयमा छलफल

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक सुरु भएको छ ।

सानेपास्थित पार्टी केन्द्रीय कार्यलयमा बैठक केहिबेरअघि सुरु भएको पार्टीका सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए ।

हिजोदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भातृ तथा सुभेच्छुक संस्थाको अधिवेशन र बाँकी रहेका जिल्लाहरुको अधिवेशनको सम्बन्धमा छलफल भईरहेको छ ।

पाण्डेका अनुसार स्थानीय तहको निर्वाचनको रणनीतिको सम्बन्धमा पनि छलफल हुँदैछ ।

पार्टी सभापति, पदाधिकारीसहित सबै ३७ जना समिति सदस्यले धारणा राख्ने क्रम सकिएमा बैठक आजै सकिने नत्र भोलीसम्म चल्ने उनले बताए ।

कांग्रेसले बिहीबारको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) का विषयमा छलफल गरेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *