काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संस्थापक सदस्यद्वय चन्द्र गुरुङ र उद्धव पौडेलले पार्टी परित्याग गरेको घोषणा गरेका छन्।
थापाले पार्टी परित्याग घोषणा गरेको भोलिपल्टै( बुधबार) बिहान गुरुङ र पौडेले पार्टी छोडेका हुन्। गुरुङले बुधबार बिहान सामाजिक सञ्जालमा लेखेका छन्, ‘राप्रपामा बस्दाको पल सदैव अविष्मरणीय रहनेछ।
आजैदेखि राप्रपासँगको संलग्नतालाई अन्त्य गर्दछु। सबैलाई शुभकामनासहित धन्यवाद व्यक्त गर्दछु। सबै को जय होस्’
गुरुङ र उद्धव पौडेलले राप्रपाबाट अलग भएको कुरा राप्रपाका केन्द्रीय सदस्य अभिषेक थापाले पुुष्टि गरे।
राप्रपाका पूर्वअध्यक्ष कमल थापा पार्टीबाट अलग भएपछि यो पार्टी छाड्नेहरुकोको लर्को नै सुरु भएको छ ।




