काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अगामी फागुन १७ गते रौतहट आउने भएका छन्।
मौलापुर नगरमा हुन लागेको महायज्ञको प्रमुख अतिथिका रूपमा महायज्ञको उद्घाटन गर्न अध्यक्ष ओली आउन लागेका हुन् ।
मेयर रिना कुमारी साहको नेतृत्वमा बालकोट पुगेको टोलीले मौलापुरमा हुने महायज्ञको प्रमुख अतिथिका रूपमा आएर उद्घाटन गर्न अनुरोध गरेको थियो ।
मौलापुर ५ पतौरास्थित पुरातात्त्विक महादेव मन्दिरमा महाशिवरात्रिको अवसरमा नगरपालिकाको आयोजनामा महायज्ञ हुन लागेको प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी दिए ।




