राजनीति

एमालेको आशालाग्दो यात्रा रोक्न गठबन्धन बनेको होः शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले आफ्नो पार्टीको आशालाग्दो यात्रा र बढ्दो लोकप्रियता रोक्नका लागि पाँचदलीय गठबन्धन बनेको आरोप लगाएका छन् । बुधबार एक वक्तव्य जारी गर्दै नेता पोखरेलले राष्ट्रिय स्वाधिनता, स्वाभिमानको रक्षा, विकास र समृद्घिको आशालाग्दो यात्रामा रहेको एमालेको लोकप्रियता रोक्नका लागि गठबन्धन बनेको टिप्पणी गरेका हुन् ।

‘राष्ट्रिय स्वाधिनता र स्वाभिमानको रक्षा र विकास र समृद्धिको आशालाग्दो यात्रामा अघि बढ्दा एमालेको बढ्दो शक्ति र लोकप्रियतालाई रोक्न बनेको हो पाँचदलीय गठबन्धन,’ उनले भनेका छन् ।

त्यसैगरी आगामी तीनै तहको निर्वाचनमा गठबन्धनका दलहरुले पराजय बेहोर्नु पर्ने र एमालेको सानदार जीत हुनबाट कसैले रोक्न नसक्ने उनले बताएका छन् ।

‘अब हुने तीन तहको चुनावसँगै पुरानो जनादेश खण्डित हुनेछ र त्यसको ठाउँ नयाँ जनादेशले लिने छ । चुनावमा जनता जनार्दन नै न्यायाधीश हुन्छन्। एजेन्डाविहीन गठबन्धनले होइन, देश र जनताका पक्षको एजेन्डाबाट नै चुनाव जित्ने हो,’ पोखरेलले भनेका छन् ।

त्यसैगरी पार्टीले विगतमा गरेका राम्रा काम र गर्न खोजेका कामहरुको फेहरिस्त लिएर जनतामाझ जान पनि उनले नेता कार्यकर्तालाई आग्रह गरेको छन् । जनताको फैसला सत्य र न्यायको पक्षमा हुने पनि उनले दाबी गरेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *