राजनीति

रामचन्द्र पौडेलले पाए सभापति देउवापछिको वरियता

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले सभापतिपछिको वरियता पाएका छन् ।

१४ औं महाधिवेशनको कुनै पनि प्रक्रियामा सहभागी नभएका पौडेललाई सभापति शेरबहादुर देउवाले केन्द्रीय सदस्यमा मनोनित गरेका थिए । केन्द्रीय सदस्य मनोनयन गरेका सभापति शेरबहादुर देउवाले आफुपछिको वरियता पौडेललाई दिएका हुन् ।

गत शनिबार केन्द्रीय सदस्यमा मनोनित भएका नेता पौडेललालाई सोमबार बसेको पदाधिकारी बैठकमा देउवाले आफूपछिको वरियता दिएका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *