राजनीति

भीम रावलले भने– विधि र पद्धतिका लागि उम्मेदवारी थियो

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले विधि पद्धतिअनुसार पार्टी सञ्चालनका लागि अन्तिमसम्म प्रयास गरेको बताएका छन् ।

अध्यक्षमा पराजित भएपछि नेता रावलले आफुलाई मत दिने प्रतिनिधिलाई धन्यवाद ज्ञापन गर्दै एमालेलाई पद्धिमा हिडाउनका लागि आफुले अध्यक्षमा उम्मेदवारी दिएको समेत बताएका छन् ।

उनले भनेका छन्,‘एमाले पार्टीलाई सिद्धान्त, विधि, पद्धति र राष्ट्रिय हित अनुकूलको बाटोमा हिडाउन मैले अन्तिमसम्म प्रयास गर्ने अठोट गरे अनुसार महाधिवेशनमा आवाज उठाउनुका साथै अध्यक्ष पदमा उम्मेदवारी दिएको हुँ । मलाई साथ,समर्थन, सहयोग, मत र उत्साह दिने सबैलाई हार्दिक धन्यवाद दिदै कृतज्ञता प्रकट गर्दछु।’

नेता रावल अध्यक्ष केपी शर्मा ओलीसँग पराजित भएका थिए । उनले आफुले अध्यक्षमा मात्रै उम्मेदवारी दिएको भन्दै केन्द्रीय सदस्यको सपथ अस्वीकार गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *