काठमाडों । परराष्ट्रमन्त्री डाक्टर नारायण खड्का सर्विया प्रस्थान गरेका छन् ।
असंलग्न मुलुकहरुको उच्चस्तरीय बैठकमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्रमन्त्री खड्का ब्रेलग्रेड प्रस्थान गरेका हुन् । सर्वियाका विदेशमन्त्री निकोला सेलेकोभी र अजरबैजानका परराष्ट्रमन्त्री जेहुन ब्यारोमोभको निमन्त्रणामा उनी त्यसतर्फ प्रस्थान गरेका हुन् ।
असंलग्न मुलुकको साझा सङ्गठन (नाम) स्थापना भएको ६० वर्ष पुगेको अवसरमा उच्चस्तरीय कमोमोरेटिभ बैठकको आयोजना गरिएको छ । उक्त बैठक यही असोज २५ र २६ गते बेलग्रेडमा आयोजना गरिएको छ ।
परराष्ट्रमन्त्री खडकाले असोज २५ गते उक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।




