काठमाडौं । विधान अधिवेशनको मिति तय गरेका एमाले अध्यक्ष केपी शर्मा ओलीले ललितपुरको गोदावरीस्थित सनराइज हलको निरीक्षण गरेका छन् ।
असोज १५ गतेदेखि १७ गतेसम्म हुने एमालेको विधान महाधिवेशनको तयारीका बारेमा जानकारी लिन ओली गोदावरी पुगेका हुन् ।
अध्यक्ष ओलीसँगै पार्टीका महासचिव ईश्वर पोखरेल, कार्यालय सचिव शेरबहादुर तामाङ, केन्द्रीय सदस्य सुशीला नेपाल, ललितपुर अध्यक्ष हरिकृष्ण व्यवञ्जनकार समेत गोदावरी पुगेका छन् ।
अध्यक्ष ओलीले देशका विभिन्न स्थानबाट आउने प्रतिनिधिलाई सजिलो हुने गरी व्यवस्थापन गर्न निर्देशन दिएका छन् ।




