काठमाडौं । नेकपा एमालेको स्थायी कमिटी बैठक सुरु भएको छ। ललितपुर च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बैठक सुरु भएको हो ।
आइतबार बसेकाे एमालेको केन्द्रीय कमिटी बैठकले अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल र उपमहासचिव विष्णु पौडेलले गरेका तीनवटै प्रस्ताव पारित गरेको थियाे । ती दस्तावेजमाथि छलफलका लागि केन्द्रीय कमिटीको बैठकमा शुक्रबार नै १० वटा समूह बनाइएको थियो ।
समूहमा गरिएको छलफलका निष्कर्षहरुलाई शनिबारको बैठकमा समूह नेताले प्रस्तुत गरेका थिए ।




