काठमाडौं । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक आजबाट शुरु भएको छ ।
बुधबारसम्म चल्ने बैठकमा अध्यक्ष माधवकुमार नेपालले १२ पेजको राजनीतिक प्रस्ताव पेश गरेका छन् ।
अहिलेको गठबन्धनलाई चुनावसम्म लैजानुपर्ने निष्कर्षसहित अध्यक्ष नेपालले पेश गरेको प्रस्तावमा एमाले अध्यक्ष केपी शर्मा ओलीले वार्ताका नाममा नाटक गरेको समेत बताएका छन् ।




