देश

प्रधानमन्त्री शाहद्वारा मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा

नयाँदिल्ली। भारतको राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् ।

नेपाल र भारतबीच आज नयाँदिल्लीस्थित हैदरावाद हाउसमा सम्पन्न द्विपक्षीय भेटवार्तापछि आयोजित संयुक्त पत्रकार सम्मेलनमा प्रधानमन्त्री शाहले भारतीय समकक्षी मोदीलाई नेपाल भ्रमणका लागि औपचारिक निमन्त्रणा दिएका हुन् ।

प्रधानमन्त्री शाहले भने, “यस महत्त्वपूर्ण अवसरमा प्रधानमन्त्री नरेन्द्र मोदीजीलाई सम्पूर्ण नेपाली जनताको तर्फबाट नेपाल भ्रमणका लागि हार्दिक निमन्त्रणा गर्दछु ।”

त्यसैगरी उनले हिमालयको काखमा अवस्थित मुक्तिनाथ, भगवान् पशुपतिनाथ, तराईको समथर भूमिमा अवस्थित माता जानकीको जन्मस्थल, जीवित देवी कुमारी तथा शान्तिका अग्रदूत गौतम बुद्धको जन्मस्थलको भ्रमण गर्न भारतीय नागरिकलाई समेत आग्रह गरे ।

नेपाल धार्मिक, सांस्कृतिक तथा ऐतिहासिक सम्पदाले समृद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्री शाहले भारतका नागरिकलाई नेपाल भ्रमण गरेर यहाँका धार्मिक तथा पर्यटकीय गन्तव्यको अनुभव लिन आह्वान गरेका हुन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *