खेलकुद

सुदूरपश्चिमलाई हराउदै लुम्बिनी लायन्स एनपीएलको फाइनलमा

काठमाडौं । लुम्बिनी लायन्स सुदूरपश्चिम रोयल्सलाई हराउदै नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलमा पुगेको छ ।मंगलबार सम्पन्न पहिलो क्वालिफायरमा लुम्बिनीले सुदूरपश्चिमलाई ६ विकेटले पराजति गरेको हो ।

सुदूरपश्चिमले दिएको १०६ रनको लक्ष्य पछाएको लुम्बिनीले १६.४ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।लुम्बिनीका लागि निरोशन डिकवेलाले अविजित ५९ रन बनाए भने कप्तान रोहित पौडेलले २१ रन बनाएका थिए ।यसअघि टस हारेर पहिला ब्याटिंग गरेको सुदूरपश्चिमले २० ओभरमा ८ विकेट गुमाउदै १०५ रन बनाएको थियो ।

सुदूरपश्चिमका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले सर्बाधिक ५२ रन बनाएका थिए भने इशान पाण्डेले २७ रनको योगदान दिएका थिए । त्यस बाहेक सुदूरपश्चिमका अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेका थिएनन् । त्यस्तै लुम्बिनी लायन्सका लागि शेर मल्ल र रुबेन ट्रम्पेलम्यानले २-२ विकेट लिए भने किशोर महतो र अभिशेष गौतमले एक एक विकेट लिएका थिए ।

अब सुदूरपश्चिमले दोस्रो क्वालिफायरमा इलिमिनेटरको विजेतासँग खेल्ने छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *