खेलकुद

एनपिएलः सुदूरपश्चिमले लुम्बिनीविरुद्ध ब्याटिङ गर्दै

काठमाडौँ। तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्सले लुम्बिनी लायन्सविरुद्ध ब्याटिङ गर्दैछ ।

कीर्तिपुरस्थित त्रिभुवन अन्तरराष्ट्रिय क्रिकेट मैदानमा लुम्बिनी लायन्सका कप्तान रोहितकुमार पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् । आजको खेल जित्ने टोलीले फाइनलमा स्थान बनाउनेछ । पराजित हुने टोलीलाई फाइनल पुग्न अर्को अवसर प्राप्त हुनेछ । आजको पराजित टोलीले फाइनल प्रवेशका लागि एलिमिनेटर खेलको विजेतासँग खेल्ने छ ।

दोस्रो संस्करणको एनपिएलको फाइनलमा सुदूरपश्चिमलाई हराउँदै लुम्बिनीले उपाधि जितेको थियो । यस्तै, पहिलो संस्करणमा जनकपुरले सुदूरपश्चिमलाई हराउँदै उपाधि जितेको थियो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *