खेलकुद

एनपीएलका दुई खेल वर्षाका कारण प्रभावित हुने सम्भावना

काठमाडौँ । शुक्रबारदेखि परेको निरन्तर वर्षाका कारण कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदान जलमग्न भएको छ। मैदानमा पानी जमेपछि आज हुने नेपाल प्रिमियर लिग (एनपीएल) का दुवै खेल प्रभावित हुने सम्भावना बढेको छ।

आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुँदैछ। दोस्रो खेलमा विराटनगर किङ्स र सुदूरपश्चिम रोयल्स आमनेसामने हुने तालिका छ।

लगातारको वर्षाका कारण मैदानमा पानी जमेपछि निर्धारित समयमा खेल सञ्चालन हुनेमा अन्योल देखिएको छ। वर्षा नरोकिएमा दुवै खेल रद्द हुन सक्नेछन्।

एनपीएलको लिग चरणमा रिजर्भ डे को व्यवस्था छैन। त्यसैले वर्षाका कारण खेल सञ्चालन हुन नसकेमा दुवै टोलीले एक–एक अंक पाउनेछन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *