खेलकुद

रोहित पौडेलको ब्याटबाट तेस्रो ओडीआई शतक, क्यानडाविरुद्ध नेपालको सम्मानजनक स्कोर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान रोहित पौडेलले आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा शतक प्रहार गरेका छन् । उनले १२६ बलको सामना गर्दै आफ्नो एकदिवसीय अन्तर्राष्ट्रिय (ओडीआई) करियरको तेस्रो शतक पूरा गरेका हुन् ।

ओमान क्रिकेट एकेडेमीको मिनिस्ट्री टर्फ–१ मा जारी खेलमा रोहितले ८ चौका र एक छक्का प्रहार गर्दै शतक बनाएका हुन् । उनको यो प्रदर्शनले क्यानडाविरुद्धको खेलमा नेपालको ब्याटिङलाई बलियो बनाएको छ ।

रोहितले यसअघि आफ्नो ओडीआई करियरमा १२ अर्धशतकसमेत बनाइसकेका छन् । उनको व्यक्तिगत उच्च स्कोर १२६ रन रहेको छ ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले समाचार तयार पार्दासम्म ४७ ओभरमा पाँच विकेट गुमाएर २०५ रन बनाएको छ । क्यानडाविरुद्ध प्रतिस्पर्धात्मक योगफल तयार पार्ने लक्ष्यसहित नेपाली टोली ब्याटिङमा उत्रिएको छ ।

विश्वकप लिग–२ अन्तर्गतको यस खेलमा रोहितको शतक नेपालको ब्याटिङका लागि महत्वपूर्ण उपलब्धिका रूपमा रहेको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *