देश

नेपाल–भारत सम्बन्ध सधैँ सुमधुर र प्रगाढ : प्रधानमन्त्री शाह

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताएका छन् ।

कार्यकाल पूरा गरी स्वदेश फर्कन लागेका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग सिंहदरबारमा भएको बिदाइ भेटमा प्रधानमन्त्री शाहले यस्तो बताएका हुन् ।

भेटमा प्रधानमन्त्री शाहले हालै नेपालमा आएको बाढीपहिरो तथा अन्य विपद्का समयमा भारत सरकारले गरेको सहयोगप्रति धन्यवाद व्यक्त गरेका थिए ।

उनले राजदूत श्रीवास्तवलाई कार्यकाल सफलतापूर्वक पूरा गरेकोमा बधाई दिँदै आगामी यात्राका लागि शुभकामनासमेत दिएका थिए ।

सो अवसरमा राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा नेपालमा विभिन्न विकास परियोजना सम्पन्न भएको जानकारी गराएका थिए । नेपाल बसाइका क्रममा प्राप्त सहयोगका लागि उनले नेपाल सरकार तथा नेपाली जनताप्रति आभार व्यक्त गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *