पाँचथर । पाँचथरमा आजदेखि रातको समयमा सवारीसाधनको आवागमनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय पाँचथरले सूचना प्रकाशन गर्दै भारी वर्षाको सम्भावनालाई ध्यानमा राख्दै सम्भावित जोखिम न्यूनीकरण गर्न रातको समयमा जिल्लास्थित सबै सडकमा सवारी आवागमन बन्द गरिएको जानकारी दिएको छ।
असोज ८ गतेदेखि असोज ११ गतेसम्म हरेक दिन बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म सवारी आवागमन बन्द गरिएको प्रमुख जिल्ला अधिकारी वासुदेव दाहालले जानकारी दिए।
भारी तथा अतिभारी वर्षाको सम्भावनालाई ख्याल गर्दै विभिन्न सडक सुरक्षित नभएसम्म मेची राजमार्ग, तमोर कोरिडोर सडक, पुष्पलाल (मध्यपहाडी) लोकमार्ग, भेडेटार–रबि–राँकेलगायतका सडकमा सवारी आवागमन बन्द गरिएको हो ।
भारी वर्षाको सम्भावनाका कारण पाँचथरका स्थानीय तहहरुले आज र भोलि विद्यालयहरुलाई बिदा दिएका छन् । पाँचथरमा बुधबारदेखि निरन्तर वर्षा भइरहेको छ । अहिलेसम्म अप्रिय घटना जानकारीमा आइसकेको छैन ।




