देश

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतको भेट, द्विपक्षीय सहकार्य बढाउने विषयमा छलफल

काठमाडौँ। प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि चिनियाँ राजदूत चाङ माओमिङले सोमबार शिष्टाचार भेट गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा नेपाल–चीन सम्बन्धलाई थप सुदृढ बनाउने तथा विभिन्न क्षेत्रमा सहकार्य र विकास साझेदारी विस्तार गर्ने विषयमा छलफल भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिइन् ।

भेटमा प्रधानमन्त्री शाहले नेपाल र चीनबीच रहँदै आएको ऐतिहासिक सम्बन्धलाई अझ प्रगाढ बनाउँदै आपसी हितका क्षेत्रमा सहकार्य अघि बढाउनुपर्नेमा जोड दिए ।

चिनियाँ राजदूत माओमिङले प्रधानमन्त्री शाहलाई शुभकामना दिँदै दुई देशबीचको आपसी सम्बन्ध र सहकार्यलाई थप मजबुत बनाउने प्रतिबद्धता व्यक्त गरे ।

प्रधानमन्त्री शाहसँग चिनियाँ राजदूतको भेटअघि सोमबार नै नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले समेत शिष्टाचार भेट गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *