कोशी प्रदेश

खोटाङको विकास निर्माणका लागि पूर्वमन्त्री भुपेन्द्र राईद्धारा १२ आयोजना पुरा गर्न संघीय सरकारसमक्ष बजेट माग

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को संघीय बजेट सार्वजनिक हुन एक दिनअघि खोटाङ जिल्लाको विकासलाई लक्षित गर्दै पूर्व भौतिक पूर्वाधार तथा स्वास्थ्य मन्त्री तथा नेपाली कांग्रेस कोशी प्रदेश महामन्त्री भुपेन्द्र राईले १२ वटा महत्वपूर्ण योजना संघीय सरकारसमक्ष प्रस्ताव गरेका छन् । राईले सडक कालोपत्रे, सडकपुल निर्माण तथा ग्रामीण पूर्वाधार विस्तारलाई प्राथमिकतामा राख्दै योजना बजेटमा समेट्न आग्रह गरेका हुन् ।

उनले खोटाङका दुर्गम क्षेत्रलाई यातायात सञ्जालसँग जोड्न सके आर्थिक गतिविधि बढ्ने र ग्रामीण जनताको जीवनस्तरमा प्रत्यक्ष सुधार आउने बताएका छन् ।पूर्वमन्त्री राईले प्रस्ताव गरेका योजनामध्ये बंशिलाघाट–राङ्भाङ्गे हुँदै चिसापानी सडक कालोपत्रे योजनालाई मुख्य प्राथमिकतामा राखिएको छ । यसैगरी जिल्लाका विभिन्न खोलामा सडकपुल निर्माणको माग गरिएको छ ।

संघीय सरकारसमक्ष प्रस्ताव गरिएका योजनामा टुकुरेखोला, सावाखोला, तावाखोला, बुवाखोला, खरुवा खोला, टुवाखोला, साप्सुदोभान, बडकाबेसी, तापखोला, गोदुखोला र गिद्देदोभान साप्सुखोलामा सडकपुल निर्माण रहेका छन् । राई निकट स्रोतका अनुसार ती योजनाहरू स्थानीय नागरिकको दीर्घकालीन माग र आवश्यकता अध्ययनपछि केन्द्र सरकारसमक्ष पेश गरिएको हो । ग्रामीण भेगमा सडक र पुलको पहुँच विस्तार भए कृषि, व्यापार, शिक्षा तथा स्वास्थ्य सेवा सहज हुने विश्वास लिइएको छ ।

पूर्वमन्त्री राईले आफू पदमा रहँदा पनि खोटाङको पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका थिए । त्यसैले यसपटक पनि संघीय बजेटमार्फत जिल्लाले उल्लेखनीय योजना प्राप्त गर्ने अपेक्षा स्थानीयवासीले गरेका छन् । स्थानीय नागरिकहरूले ग्रामीण विकासलाई केन्द्रमा राखेर बजेट ल्याउन सरकारसँग माग गरेका छन् । गाउँको सडक, पुल र पूर्वाधार विकास विना समृद्ध नेपालको लक्ष्य पूरा नहुने उनीहरूको भनाइ छ ।

May be an image of ticket stub and text

May be an image of ticket stub and text

May be an image of ticket stub and text

May be an image of text

https://www.facebook.com/permalink.php?story_fbid=pfbid02Zd5Kf7Fk9PVCwUi2gVoD7K9ooLChmRM9bHvK3MTRNu9bdeNxdQtfeJBz5BZLGM4ul&id=61567770028388&rdid=acgbsxRB1TXBUHOW#

 

https://www.facebook.com/profile.php?id=100039975038420&sk=photos

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *