देश

भ्रामक सूचनामा विश्वास नगर्न नेपाली सेनाको अपिल

काठमाडौँ । नेपाली सेनाले सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न÷नगराउन आम जनसमुदायलाई अपील गरेको छ ।

बुधबार दिउँसो सूचना जारी गरी सेनाले भ्रामक सूचनाहरूमा विश्वास नगर्न अपील गरेको हो । सेनाले आफूहरुले एकीकृत सुरक्षा योजना अनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्य सहित सुरक्षाका कार्यहरू गर्दै आएको उल्लेख गरेको छ ।

अपीलमा भनिएको छ, ‘नेपाली सेनाले आफ्नो गैरराजनीतिक चरित्र कायमा राख्दै संविधान प्रदत्त एवं अन्य जिम्मेवारीहरू सदैव कुशलतापूर्वक निर्वाह गर्दै आएकोमा आसन्न प्रतिनिधि सभा निर्वाचनलाई सुरक्षित, निष्पक्ष र भयरहित रूपमा सम्पन्न गर्न एकीकृत सुरक्षा योजना अनुसार सरोकारवाला सबै निकायहरूसँग समन्वय र सहकार्य सहित सुरक्षाका कार्यहरू गर्दै आएको छ । सो क्रममा नेपाली सेनालाई जोडेर सुनियोजित ढङ्गबाट प्रसारित असान्दर्भिक, अतिरञ्जित तथा भ्रामक सूचनाहरूमा विश्वास नगर्न/नगराउन आम जनसमुदायलाई हार्दिक अपील गर्दछौँ ।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *