देश

ललितपुरमा प्रहरीमाथि अचानक आक्रमण : चार जना पक्राउ, घाइते प्रहरी उपचारमा

काठमाडौं । ललितपुरमा निर्वाचनको गस्तीमा खटिएका प्रहरीमाथि गएराति मध्यराति आक्रमण भएको छ। घटना महालक्ष्मी नगरपालिका–७, चाँगाथली क्षेत्रमा प्रहरी प्रभाग लुभुबाट खटिएको टोलीमा पौने ११ बजे भएको थियो।

प्रहरीका अनुसार केही व्यक्तिहरूले प्रहरीमाथि ढुंगामुढा गरेका थिए। तत्काल, प्रहरीले आत्मरक्षाका लागि १ राउन्ड हवाइ फायर गर्दै परिस्थितिलाई नियन्त्रणमा लिएको थियो।

घटनामा संलग्न चारजनालाई पक्राउ गरी जिल्ला अदालत ललितपुरले आठ दिनको म्याद थप गरेको छ। घाइते भएका प्रहरी कर्मचारीको उपचार किष्ट अस्पतालमा भइरहेको छ।

पक्राउ परेकाहरूमा मकवानपुर गढी गाउँपालिका–२ का २९ वर्षीय विकास तामाङ, सल्यान दार्मा गाउँपालिका–३ का २० वर्षीय रमेश शाही, शंकर शाही (२०)र रुकुम सानोभेरी गाउँपालिका–२ का २२ वर्षीय राजु मगर रहेका छन्।

सुरक्षा निकायहरूले आगामी निर्वाचनको बेला सतर्कता बढाएको र सामान्य जनजीवन प्रभावित नहुने गरी व्यवस्था कडा बनाएको बताएका छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *