विश्व

शान्ति बोर्डको प्रस्तावले ईयू–अमेरिका सम्बन्धमा तनाव

युरोपेली सङ्घ (ईयू) ले अमेरिकाले प्रस्ताव गरेको ‘बोर्ड अफ पिस’ (शान्ति बोर्ड) प्रति गम्भीर शङ्का व्यक्त गरेको छ । युरोपेली काउन्सिलका अध्यक्ष एन्टोनियो कोस्टाले बिहीबार मध्यरातपछि सम्पन्न आपतकालीन शिखर सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा यस्तो बताउनुभयो ।

कोस्टाका अनुसार शान्ति बोर्डको कार्यक्षेत्र, शासन संरचना तथा संयुक्त राष्ट्रसंघको बडापत्रसँगको अनुकूलतासहितका विभिन्न पक्षप्रति ईयूलाई गम्भीर आपत्ति छ ।
उहाँले ईयू कुनै पनि प्रकारको दबाबको सामना गर्न तयार रहेको र आफ्ना सदस्य राष्ट्र, नागरिक तथा व्यवसायिक हितहरूको संरक्षण गर्ने स्पष्ट पार्नुभयो ।“ईयू आवश्यक उपकरण र क्षमता सम्पन्न छ, र आवश्यक पर्दा ती प्रयोग गरिनेछ,” कोस्टाले भन्नुभयो ।

ग्रीनल्याण्डसँग सम्बन्धित पछिल्ला अमेरिकी धम्की र अभिव्यक्तिहरूको समीक्षा तथा सम्भावित आगामी कदमबारे छलफल गर्न ईयू नेताहरूले बिहीबार साँझ ब्रसेल्समा आपतकालीन शिखर सम्मेलन आयोजना गरेका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *