राजनीति

स्वतन्त्र उम्मेदवार चन्दद्वारा उम्मेदवारी फिर्ता

बैतडी। आगामी २१ फागनुमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बैतडीबाट स्वतन्त्र रूपमा उम्मेदवारी दिएक तेजबहादुर चन्दले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

मुख्य निर्वाचन अधिकृत तिर्थराज भट्टले स्वतन्त्र उम्मेदवार चन्दले अफ्नो उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । उनी नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश कार्यसमितिको सदस्य तथा जिल्लाबाट पूर्वमहाधिवेशन प्रतिनिधि समेत थिए ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरेको छ । अब बैतडीमा ११ जनाको उम्मेदवारी कायम भएको छ ।

अब नेकपा (एमाले) का दामोदर भण्डारी, नेपाली कांग्रेसका चतुरबहादुर चन्द, नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का प्रमानन्द भट्ट, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपका) का हरिमोहन भण्डारी, राष्ट्रिय प्रजातन्त्र पार्टीका भुपेनबहादुर चन्द, जनता समावदी पार्टी नेपालका आनसिंह भण्डारी, श्रम संस्कृती पार्टीका गजेन्द्रराज पाण्डेय, नेपाल मजदुर किसान पार्टीका नवराज कोइराला, नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का रामबहादुर कुँवर, आम जनता पार्टीका बिसनसिंह बोहरा र स्वतन्त्र उम्मेदवार जयप्रकाश पन्तबीच चुनावी प्रतिस्पर्धा हुने भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *