देश

सवारी दुर्घटनामा एक जनाको मृत्यु

मङ्गलबारे। इलामको देउमाईमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । । जितपुरबाट मङ्गलबारेतर्फ गइरहेको अटो देउमाई नगरपालिका–३ पानीटार चियाबारी नजिक आज बिहान दुर्घटना भएको हो ।

देउमाई नगरपालिका ५ धुसेनीका १८ वर्षीय युनिश लुइँटेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी लक्ष्मी भण्डारीले जानकारी दिनुभयो । गम्भीर घाइते भएका निजको अस्पताल पु¥याउने क्रममा बाटामा मृत्यु भएको हो ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *