दाङ। प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तर्गत दाङका तीनवटै निर्वाचन क्षेत्रमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले उत्साहपूर्वक मनोनयन दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृत प्रकाशप्रसाद पण्डितका अनुसार निर्वाचन क्षेत्र नं १ मा १४, क्षेत्र नं २ मा २३ र क्षेत्र नं ३ मा २५ गरी कुल ६२ जनाले उम्मेदवारी दर्ता गराएका छन्। तीमध्ये ४३ जना विभिन्न राजनीतिक दलका र १९ जना स्वतन्त्र उम्मेदवार रहेका छन्।
निर्वाचन क्षेत्र नं १
क्षेत्र नं १ मा नेपाली कांग्रेसबाट योगेन्द्र चौधरी, नेकपा (एमाले)बाट रेवतीरमण शर्मा, नेकपाबाट मेटमणी चौधरी, नेकपा (माओवादी)बाट प्रकाश शाही, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट विनय बिसी, जनता समाजवादी पार्टीबाट भरतलाल चौधरी, राष्ट्रिय जनमोर्चाबाट गणेशप्रसाद आचार्य, राष्ट्रिय परिवर्तन पार्टीबाट रञ्जित चौधरी, नेसनल रिपब्लिक नेपालबाट मीनबहादुर ठेडी मगर, मङ्गोल नेसनल अर्गनाइजेसनबाट खुमबहादुर गाहामगर तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट देवराज पाठकले उम्मेदवारी दर्ता गराएका छन्।स्वतन्त्र उम्मेदवारका रूपमा कुलप्रसाद केसी र मणिराम यादवले मनोनयन दर्ता गराएका छन्।
निर्वाचन क्षेत्र नं २
क्षेत्र नं २ मा कांग्रेसबाट किरणकिशोर घिमिरे, एमालेबाट शङ्कर पाखरेल, नेकपाबाट निर्मल आचार्य, राष्ट्रिय जनमोर्चाबाट मनिराम खनाल र नेपाल मजदुर किसान पार्टीबाट नवीनकुमार शाही उम्मेदवार बनेका छन्।
यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीबाट बिपिनकुमार आचार्य, राष्ट्रिय जनमुक्ति पार्टीबाट रवीन्द्र उच्च नेपाली, राप्रपाबाट ऋषिकेश पोखरेल, जनता समाजवादी पार्टीबाट ढुन्डीराज थापा, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट प्रतीक अधिकारी, मितेरी पार्टीबाट रेखबहादुर पुनमगर, नागरिक उन्मुक्ति पार्टीबाट झरेन्द्रबहादुर खत्री, मङ्गोल नेसनल अर्गनाइजेसनबाट अम्मरबहादुर बुढा तथा नेसनल रिपब्लिक नेपालबाट जितन पुनले उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्र उम्मेदवारमा धर्मराज शर्मा, विष्णुविक्रम सेनवली, लालबहादुर खत्री, विष्णुकुमारी भुसाल, पदमप्रसाद पाण्डे, कल्पना लामा, समीर वली र बालाराम पौडेल रहेका छन्।
निर्वाचन क्षेत्र नं ३
क्षेत्र नं ३ मा कांग्रेसका दीपक गिरी, एमालेका घनश्याम पाण्डेय, नेकपाका धनबहादुर मास्की, रास्वपाका कमल सुवेदी, राप्रपाका दामोदर भण्डारी, राष्ट्रिय जनमोर्चाकी कमला जिसी, मङ्गोल नेसनलका घनश्याम चौधरी, मितेरी पार्टी नेपालका सन्तोष सिंह, जनता समाजवादी पार्टीकी शोभा डाँगी तथा आम जनता पार्टीकी पाण्डवी नेपाली उम्मेदवार रहेका छन्।
यसैगरी, नेसनल रिपब्लिकबाट प्रितम चौधरी, प्रगतिशील लोकतान्त्रिक पार्टीबाट घनश्याम डाँगी, संयुक्त नागरिक पार्टीबाट दरवीर कामी, श्रमसंस्कृति पार्टीबाट टोपबहादुर महतरा, नेकपा (माओवादी)बाट बलबहादुर ओली र नागरिक उन्मुक्ति पार्टीबाट महेश चौधरीले उम्मेदवारी दर्ता गराएका छन्।
स्वतन्त्र उम्मेदवारका रूपमा भागिराम चौधरी, गोपाल वली, सुरेश नेपाली, प्रेमबहादुर वली, महेश डाँगी, यमबहादुर बस्नेत, भरत परियार, इन्द्रबहादुर बस्तेत र सप्रिक कँडेल रहेका छन्।
सहायक निर्वाचन अधिकृत टीका केसीका अनुसार मनोनयन प्रक्रिया शान्तिपूर्ण र उत्साहजनक वातावरणमा सम्पन्न भएको हो।




