राजनीति

सुनसरीमा ११० उम्मेदवारले मनोनयन दर्ता

 

इनरुवा (सुनसरी)।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सुनसरीका चारवटै निर्वाचन क्षेत्रमा ११० उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालयका अनुसार, क्षेत्र नं १ मा २६, क्षेत्र नं २ मा २८, क्षेत्र नं ३ मा २२ र क्षेत्र नं ४ मा ३४ जनाले मनोनयन दर्ता गरेका हुन्।

क्षेत्र नं १ मा श्रम संस्कृति पार्टीका हर्कराज राई, नेपाली कांग्रेसका सुजेन्द्र तामाङ, नेकपा (एमाले) का टीका माङ्लेन, नेपाली कम्युनिष्ट पार्टीका सूर्यबहादुर भट्टराई, रास्वपा बाट गोमा तामाङ र राप्रपा बाट उद्धव श्रेष्ठले उम्मेदवारी दर्ता गरेका छन्।

क्षेत्र नं २ मा कांग्रेसबाट राजीव कोइराला, एमालेबाट सुजन लामा, रास्वपाबाट लालविक्रम थापा, नेकपाबाट रामकुमारी चौधरी र स्वतन्त्र उम्मेदवार इकवाल अहमदले मनोनयन दर्ता गरेका छन्।

क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट विजयकुमार गच्छदार, एमालेबाट भगवती चौधरी, रास्वपाबाट अशोककुमार चौधरीले उम्मेदवारी दिएका छन्।

क्षेत्र नं ४ मा कांग्रेसबाट ज्ञानेन्द्रबहादुर कार्की, एमालेबाट जगदीश कुशियत, नेकपाबाट मोहमद महफुज अन्सारी, रास्वपाबाट दिपककुमार साह र जनता समाजवादी पार्टी नेपालबाट सविता यादवलगायतले उम्मेदवारी दिएका छन्।

सुनसरीमा पाँच लाख ८० हजार ९४५ मतदाता रहेका छन्, जसमा दुई लाख ९४ हजार २५२ पुरुष, दुई लाख ८६ हजार ६९१ महिला र दुई तेस्रोलिङ्गी मतदाता छन्।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *