दोधारा चाँदनी (कञ्चनपुर)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि कञ्चनपुरका तीन निर्वाचन क्षेत्रमा ५५ जनाले मनोनयन दर्ता गराएका छन्।
मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार निर्वाचन क्षेत्र नम्बर १ र २ मा १९–१९ जना तथा क्षेत्र नम्बर ३ मा १७ जनाले उम्मेदवारी दर्ता गराएका हुन्।
निर्वाचन क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट गोपीप्रसाद उपाध्याय, नेकपा (एमाले)बाट तारा लामा तामाङ, नेपाली कम्युनिष्ट पार्टीबाट बीना मगर र राष्ट्रिय स्वतन्त्र पार्टीबाट जनकसिंह धामी उम्मेदवार रहेका छन्। यस क्षेत्रमा अनिल राना, मञ्जुदेवी सुनार, यादव सिंह र रुपादेवी विष्टसहित विभिन्न दल र स्वतन्त्र गरी १९ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसबाट नारायणप्रकाश (एनपी) साउँद, नेकपा (एमाले)बाट बचनबहादुर सिंह, नेपाली कम्युनिष्ट पार्टीबाट माधव पन्त र राष्ट्रिय स्वतन्त्र पार्टीबाट दीपक बोहरा उम्मेदवार रहेका छन्। यस क्षेत्रमा पनि दल र स्वतन्त्र गरी १९ जनाको उम्मेदवारी परेको छ।
त्यस्तै निर्वाचन क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसबाट हरिप्रसाद बोहरा, नेकपा (एमाले)बाट डा. दीपकप्रकाश भट्ट, नेपाली कम्युनिष्ट पार्टीबाट मानबहादुर सुनार र राष्ट्रिय स्वतन्त्र पार्टीबाट ज्ञानेन्द्र महता उम्मेदवार रहेका छन्। यस क्षेत्रमा विभिन्न दल र स्वतन्त्र गरी १७ जनाले उम्मेदवारी दर्ता गराएका छन्।




