वीरगञ्ज (पर्सा)। आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि प्रत्यक्षतर्फ पर्सा जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा १०८ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
जिल्ला निर्वाचन कार्यालयका प्रमुख अनामिका रौनियारका अनुसार मङ्गलबार बेलुका ७ बजेसम्म चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता भएको हो। निर्वाचन क्षेत्र नम्बर १ मा ३० जनाले उम्मेदवारी दर्ता गराएका छन्। सो क्षेत्रमा नेपाली कांग्रेसबाट अनिल रुगंटा, नेकपा (एमाले)बाट प्रदीप यादव, राष्ट्रिय स्वतन्त्र पार्टीबाट हरि पन्त र जनमत पार्टीबाट ओमप्रकाश सर्राफ उम्मेदवार रहेका छन्।
निर्वाचन क्षेत्र नम्बर २ मा ३२ जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा कांग्रेसबाट अजयकुमार चौरसिया, नेकपा (एमाले)बाट रिमाकुमारी यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुशिलकुमार कानु प्रमुख उम्मेदवार रहेका छन्।
निर्वाचन क्षेत्र नम्बर ३ मा २२ जनाले उम्मेदवारी दर्ता गराएका छन्।
यसैगरी निर्वाचन क्षेत्र नम्बर ४ मा २४ जनाको उम्मेदवारी परेको छ। यस क्षेत्रमा नेपाली कांग्रेसबाट रमेश रिजाल, नेकपा (एमाले)बाट जालिम मियाँ मंसुरी, राष्ट्रिय स्वतन्त्र पार्टीबाट टेकबहादुर शाक्य र नेपाली कम्युनिष्ट पार्टीबाट जयप्रकाश थारु उम्मेदवार रहेका छन्।




