खेलकुद

नेपाली राष्ट्रिय क्रिकेट टिम पहिलो अभ्यास खेलमा श्रीलंका ए सँग पराजित

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिम श्रीलंका ए सँगको पहिलो अभ्यास खेलमा पराजित भएको छ ।

मंगलबार सम्पन्न अभ्यास खेलमा श्रीलंका ए ले नेपाललाई ६ विकेटले पराजित गरेको हो । नेपालले दिएको १८६ रनको लक्ष्य पछाएको श्रीलंका ए ले १८ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । यसअघि नेपालले पहिला ब्याटिंग गर्दै २० ओभरमा ५ विकेट गुमाएर १८५ रन बनाएको थियो ।

नेपालले श्रीलंकामा अब जनवरी २२ र जनवरी २४ मा अभ्यास खेल खेल्ने तालिका छ ।

त्यसपछि नेपाली टिम भारत जाने छ । भारतमा मुम्बई क्रिकेट एसोसियसन प्रेसिडेन्ट एघारसँग जनवरी २९ मा अभ्यास खेल खेल्ने छ भने जनवरी ३१ मा सिसिआईसँग खेल्ने क्यानले जानकारी दिएको छ ।

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *