युक्रेनको राजधानीमा भएको रुसी हवाई आक्रमणले हजारौं आवासीय भवनहरू माइनस १४ डिग्री तापक्रमको समयमा पनि विद्युत विहिन भएको मेयर भिटाली क्लिट्स्कोले मङ्गलबार बताउनु भएको छ ।
आक्रमण पछि, पाँच हजार ६३५ वटा आवासीय भवनहरू उर्जा विहिन भएको उहाँले टेलिग्राम मार्फत उल्लेख गर्दै सहरको ठुलो भाग पानी विहीन भएको बताउनु भएको छ ।
आक्रमणमा एक जना महिला घाइते भएर अस्पतालमा भर्ना भएको पुष्टि गर्दै क्लिट्स्कोले प्राथमिक विद्यालय सहित धेरै भवनहरू क्षतिग्रस्त भएको जनाउनु भएको छ ।
चार वर्ष अघि युक्रेनमा आक्रमण सुरु भए देखि मस्कोले किएभको उर्जा ग्रिडमा गरेको सबैभन्दा खराब आक्रमणको करिब १० दिन पछि यी नयाँ आक्रमणहरू भएका हुन् ।
जनवरी–९ मा गरिएको आक्रमणले ऊर्जा सुविधाहरूलाई लक्षित गरेको थियो, जसले आधा सहरलाई तापबाट वञ्चित गरेको छ भने धेरै बासिन्दाहरूलाई चिसो मौसममा बिजुली विहीन बनाएको जनाइएको छ ।
सोमबार – मङ्गलबार सम्म रुसले सहर र यसको क्षेत्रमा क्रुज मिसाइलहरू प्रक्षेपण गर्नु अघि लामो दूरीको लडाकू ड्रोनहरू फायर गरेको जनाइएको छ ।
स्थानीयहरुलाई उदृत गर्दै सहरको केन्द्रमा धेरैवटा विस्फोटको आवाज सुनिएको एएफपीले जनाएको छ ।
“सहरका घरहरूमा पानी र बिजुली पुनस्र्थापना गर्न नगरपालिका र ऊर्जा सेवाहरूले काम गरिरहेको क्लिट्स्कोले बताउनु भएको छ ।
रुसले आफ्नो आक्रमण सुरु भए देखि नै युक्रेनको ऊर्जा प्रणालीलाई दबाउँदै आएको छ भने किएभका अनुसार, युक्रेनीहरूको मनोबल घटाउने र प्रतिरोध गर्ने प्रयास गरिरहेको छ ।




