काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) ले देशको भविष्य निर्माणका लागि सक्षम र इमानदार नेतृत्व छनोट गर्ने समय आएको बताएका छन्। सोमबार जनकपुरधाममा आयोजित रास्वपाको चुनावी सभालाई सम्बोधन गर्दै उनले काम गरेर प्रमाणित गर्ने व्यक्ति र जिम्मेवार राजनीतिक शक्तिलाई मत दिन आग्रह गरे।
शाहले मुलुकलाई अब भाषणभन्दा काम गर्ने नेतृत्व चाहिएको उल्लेख गर्दै भने, “देशलाई अगाडि बढाउन सक्ने मान्छे र पार्टी चिन्ने अवसर अहिले नै हो।” उनले कार्यकर्ता र समर्थकलाई भावनामा होइन, कार्यसम्पादन र प्रतिबद्धताको आधारमा निर्णय गर्न अनुरोध गरे।
उनका अनुसार सही निर्णयले मात्र राजनीति र शासन व्यवस्थामा सकारात्मक परिवर्तन सम्भव हुने भन्दै आगामी निर्वाचनलाई देशको दिशा बदल्ने महत्वपूर्ण अवसरका रूपमा उपयोग गर्नुपर्ने बताए।




