देश

समुदायले धार्मिक, सांस्कृतिक र ऐतिहासिक रीतिरिवाज मार्फत सामाजिक जीवनमा गहिरो छाप छोडेको छ : का.वा सभापति खड्का

काठमाडौं । नेपाली कांग्रेसले तामाङ जातिको ऐतिहासिक र अत्यन्त महत्वपूर्ण पर्व सोनाम ल्होसारको अवसरमा शुभकामना व्यक्त गरेको छ।

कांग्रेस केन्द्रीय कार्यालय, बीपी नेपानमार्फत जारी शुभकामना सन्देशमा भनिएको छ कि स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण तामाङ दिदीबहिनी तथा दाजुभाइहरूमा सुस्वास्थ्य, सुख, शान्ति, दीर्घायु र उत्तरोत्तर प्रगतिको मंगलकामना व्यक्त गरिएको छ।

सन्देशमा तामाङ समुदायले धार्मिक, सांस्कृतिक र ऐतिहासिक रीतिरिवाज मार्फत सामाजिक जीवनमा गहिरो छाप छोडेको उल्लेख गर्दै, कुलपुजा र प्रकृतिप्रति आराधनासहित आपसी सद्भाव, सहिष्णुता र भाइचाराको सन्देश प्रवाह गर्दै आएको कुरा जोडिएको छ।

त्यसैगरी, सोनाम ल्होसारको अवसरमा अन्य समुदाय तथा सबै धर्मका व्यक्तिहरूलाई स्वागत गर्ने तामाङ परम्पराले सामाजिक सम्मान र एकता मजबुत बनाएको भन्दै यस पर्वले धर्म, संस्कृति, रीतिरिवाज र परम्पराको संरक्षण तथा प्रवर्द्धनमा प्रेरणा दिने उल्लेख छ।

कांग्रेस कार्यवाहक सभापति पूर्णबहादुर खड्काले जारी शुभकामनामा विश्वास व्यक्त गर्दै भनेका छन्, “यो पावन पर्वले मुलुकमा शान्ति, सद्भाव र समृद्धि ल्याउन सबैलाई प्रेरणा दिनेछ।” सन्देशको अन्त्यमा “जय नेपाल” घोष गर्दै सबैमा पुनः हार्दिक शुभकामना व्यक्त गरिएको छ।

May be an illustration of tree and text

 

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *