देश

बाख्रापालन अनुदान प्रकरण : नगरपालिकाका अधिकारीसहित ८ जनाविरुद्ध मुद्दा

काठमाडौँ । दार्चुलाको शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसमेत ८ जनाविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक बर्ष २०७८-७९ मा बाख्रापालन अनुदानमा २३ लाख ७५ हजार अनियमितता गरेको भन्दै शैल्यशिखर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्टसमेत ८ जनाविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर गरेको हो ।

मुद्धा दायर हुनेमा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र बहादुर विष्ट र तत्कालीन लेखापाल घनश्याम जोशी, नगरपालिकाका तत्कालीन इन्जिनियर राजेन्द्र सिंह धामी, तत्कालीन सब- इन्जिनियर मदन बिष्ट र तत्कालीन ना.प्रा.स. अम्बिका बिष्ट तथा वडा नम्बर ९ स्थित नागार्जुन दानेश्वर आधुनिक बाख्रा पालन उपभोक्ता समितिका अध्यक्ष रुपेश विष्ट, सचिव प्रकाश विष्ट र कोषाध्यक्ष पुजा बिष्ट रहेका छन् ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *