काठमाडौँ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह जनकपुर जानका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका छन्।
आज काठमाडौँ महानगरपालिकाको मेयर पदबाट राजीनामा दिएपछि बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय कार्यालय पुगेका थिए। त्यसपछि उनी पार्टीका सभापति रवि लामिछानेसहित रास्वपाका नेता तथा कार्यकर्ताहरूसँग विमानस्थल पुगेका हुन्।
बालेन शाह आज जनकपुर प्रस्थान गर्ने र भोलिदेखि जनकपुरबाटै चुनावी अभियान सुरु गर्ने तयारीमा रहेको बताइएको छ।
मेयर पदबाट राजीनामा दिएर सक्रिय राजनीतिमा प्रवेश गरेका बालेनको आगामी राजनीतिक कदमलाई लिएर चासो बढेको छ।




