देश

सुदन गुरुङ रास्वपा प्रवेश गर्दै

काठमाडौं । हामी नेपालका संयोजक तथा जेनजी अभियन्ता सुदन गुरुङले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गर्ने भएका छन्।

गुरुङले जानकारी दिएका अनुसार उनी आज दिउँसो ३:३० बजे औपचारिक रूपमा रास्वपा प्रवेश गर्ने कार्यक्रम छ।

सामाजिक सञ्जालमार्फत उनले यो जानकारी दिएका हुन् । उनले भनेका छन्– ‘आज दिउँसो ३ः३० बजे, बालेन शाह र म औपचारिक रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीमा प्रवेश गर्दैछौँ। यो निर्णय पद, शक्ति वा व्यक्तिगत स्वार्थका लागि होइन, जनताको अपेक्षा र जिम्मेवारीप्रतिको प्रतिबद्धताबाट आएको हो।’

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *