राजनीति

सभापति देउवा समुहको भेला शुरु हुदै, शेखर कोइराला पक्ष सहभागी नहुने

काठमाडौँ । काँग्रेसका सभापति शेरबहादुर देउवा समुहको बैठक सानेपामा शुरु हुने क्रममा रहेको छ ।

शुक्रबार निर्वाचन आयोगबाट गगन थापा नेतृत्वको नवनिर्वाचित कार्यसमितिले आधिकारिकता पाएपछि आफ्नो रणनीति तय गर्न देउवा समुहले भेला गरिरहेको छ । यस भेलामा शेखर कोइराला समुहले भने भाग नलिने बताइएको छ । कोइराला निकट एक नेताले देउवा पक्षको बैठकमा आफुहरु सहभागी नहुने बताएका छन् ।

शुक्रबार गगन नेतृत्वको काँग्रेसले आधिकारिकता पाएपछि पुर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले आयोगले षड्यन्त्रपूर्ण निर्णय दिएको भन्दै आफुहरु वैधानिक र राजनीतिक लडाई लड्ने बताएका थिए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *