देश

गभर्नर पौडेलको महानिरीक्षक कार्की र बैंकर्स एसोसिएसनका पदाधिकारीसँग छलफल

काठमाडौँ । गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले प्रहरी महानिरीक्षक दानबहादुर कार्की र बैंकर्स एसोसिएसनका पदाधिकारीहरूसँग छलफल गरेका छन् ।

शुक्रबार राष्ट्र बैंकमा भएको छलफल पछिल्लो समय बैंक तथा वित्तीय संस्था र ती संस्थामा कार्यरत कर्मचारीका सुरक्षा चुनौतीका विषयमा केन्द्रित रहेको थियो ।

पछिल्लो समय बैंक तथा वित्तीय संस्थाका कर्मचारीलाई ऋण असुली लगायतका क्रममा दुर्व्यवहार गर्ने क्रम बढेको विषयमा गभर्नर पौडेलले छलफल गरेको राष्ट्रबैंकले जनाएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *