काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीसँग वार्ता गर्न दर्गा प्रसाईं शुक्रबार सिंहदरबार पुगेका छन्।
भेटवार्ताका लागि उनी आज सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका हुन्। यद्यपि वार्ताको एजेन्डाबारे आधिकारिक रूपमा केही खुलाइएको छैन।
यसैबीच, प्रधानमन्त्री कार्यालयमा आज जेनजी आन्दोलनका घाइते तथा शहीद परिवारहरू पनि पुगेका थिए। आफ्ना मागहरू पूरा नभएको भन्दै उनीहरूले प्रधानमन्त्री कार्यालय अगाडि धर्ना दिएका छन्।
धर्नाका कारण केही समय कार्यालय परिसरमा चहलपहल बढेको थियो भने सुरक्षाकर्मी परिचालन गरिएको थियो।




