देश

एकतामा नआए थापा–शर्मामाथि कारबाही हुने संकेत

काठमाडौं । नेपाली कांग्रेसले पार्टी विभाजन गरे महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई पार्टीबाट निस्कासन गर्ने तयारी गरेको छ । मंगलबार पत्रकारहरुसँग कुरा गर्दैै नेता श्याम घिमिरेले विभाजनको बाटोमा जाने हो भने उहाँहरूले चुनाव गुमाउने चेतावनी दिए ।

उनले महामन्त्रीले पार्टी एकता कायम गर्न भूमिका खेल्नुपर्ने बताए । उनले भने, ‘उहाँहरू सहमतिमा आउनुहुन्छ र आउनुपर्छ । यदि विभाजनको बाटोमा जाने हो भने उहाँहरूले चुनाव पनि गुमाउनुहुन्छ, पार्टी पनि ।’उनले पार्टी विभाजन हुँदा महामन्त्री र कांग्रेस दुवैलाई घाटा हुने पनि बताए ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *