राजनीति

राप्रपा, नेपाल नागरिक पार्टी र नेपाल हाउसको एकीकरण

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपाल नागरिक पार्टी र नेपाल हाउस पार्टीबिच पार्टी एकीकरण भएको छ ।

मंगलबार राप्रपा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा तीन पार्टीबीच एकीकरण भएको हो। राप्रपाको केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित विशेष कार्यक्रममा तीन दलका शीर्ष नेताले एकीकरण घोषणा गरेका हुन् ।

एकीकरणपछि नयाँ पार्टीले राष्ट्रिय प्रजातन्त्र पार्टीकै नाम, झण्डा र चुनाव चिह्न कायम राख्ने सहमति भएको छ ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *