देश

चिनियाँ उच्चस्तरीय टोली काठमाडौं आउँदै

काठमाडौं। नेपालमा राजनीतिक गतिविधि तीव्र बन्दै गर्दा चिनियाँ उच्चस्तरीय टोली नेपाल आउन लागेको छ।

चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागअन्तर्गत नेपाल मामिला प्रमुख झेङ युया नेतृत्वको तीन सदस्यीय टोली आगामी हप्ता ३ दिने भ्रमणका लागि नेपाल आउने स्रोतले जनाएको छ।

नेपालको राजनीतिक अवस्था अहिले तरल र जटिल मोडमा रहेको बेला हुने यो उच्चस्तरीय भ्रमणलाई विशेष महत्व दिइएको छ। चीनले जेनजी विद्रोहपछि नेपालमा पश्चिमी शक्तिको प्रभाव बढेको भन्दै यस परिस्थितिमा समान व्यवहार गर्न चाहेको बुझाइ रहेको छ।

चीनले नेपालका हरेक राजनीतिक दलसँग समान व्यवहार कायम गर्न चाहेको बताउँदै आएको छ।

 प्रतिक्रिया

तपाईको इ-मेल ठेगाना प्रकाशित हुँदैन। आवश्यक क्षेत्रहरू चिनो लगाइएका छन् *